Artha Update
नेभिगेशन

अछाम । नेकपा (एमाले) अछामको नवौं जिल्ला अधिवेशनबाट शिव प्रसाद उपाध्याय जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनबाट तिलक कुँवर उपाध्यक्ष, हिरण्ड प्रसाद भट्टराई सचिव, टोप बहादुर शाही र गौमती कुमारी शाही उपसचिवमा निर्वाचित भएका छन्।

अधिवेशनले नयाँ जिल्ला कमिटी चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ। नयाँ नेतृत्व चयनसँगै एमाले अछामले संगठन सुदृढीकरण, नीति कार्यक्रम कार्यान्वयन र स्थानीयस्तरमा जनसंपर्क विस्तारमा केन्द्रित हुने जनाएको छ।

नव निर्वाचित पदाधिकारी तथा सम्पूर्ण जिल्ला कमिटी सदस्यहरूलाई विभिन्न तहबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय