काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि, बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १९ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको थियो ।