Artha Update
नेभिगेशन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३२ करोड ६६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत कम्पनी २६ करोड ८५ लाख रुपैयाँ घाटामा रहेको थियो ।

कम्पनीको विद्यतु बिक्रीबाट हुने आम्दानी ६९ करोड ९० लाख रुपैयाँबाट घटेर ५९ करोड ६० लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च ५७ करोड ९५ लाखबाट घटेर ४३ करोड २० लाखमा सिमित भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ छ भने रिजर्भ एन्ड सरप्लस ८६ करोड करोड रुपैयाँ ऋणात्मक छ । यसको प्रतिशेयर आम्दानी १५.९८ रुपैयाँले ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ७६.४५ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय