Artha Update
नेभिगेशन

खकेन्द्र ब.बुढा, ढकारी । अछामको ढकारी गाउँपालिकाले जनस्वास्थ्यको क्षेत्रमा ऐतिहासिक कदम चालेको छ। गाउँपालिकाले करिब २५ लाख रुपैयाँ लगानीमा अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउँदै आइतबारदेखि औपचारिक रूपमा नागरिकको सेवामा समर्पित गर्ने तयारी गरेको छ।

गाउँपालिका अध्यक्ष प्रकाश साउँदको सक्रिय नेतृत्व र दूरदर्शी सोचको परिणामस्वरूप अब ढकारीका बासिन्दाले जीवनरक्षक सेवा आफ्नै गाउँमै सहज रूपमा पाउनेछन्। अध्यक्ष साउँदले स्वास्थ्य सेवा सबैको पहुँचमा पुगोस् भन्ने अभियान अन्तर्गत एम्बुलेन्स सेवा सुरु गर्न सफल भएकोमा खुशी व्यक्त गरे।

नयाँ एम्बुलेन्सले हाम्रो स्वास्थ्य प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ अध्यक्ष साउँदले भने – अब बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सहज हुनेछ, जसले अनावश्यक ज्यानको क्षति रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई सर्वप्रथम प्राथमिकतामा राख्दै निरन्तर पूर्वाधार जनशक्ति र सेवा विस्तारमा काम गरिरहेको छ। एम्बुलेन्स सेवा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ र स्थानीयवासीको ज्यान र स्वास्थ्य सुरक्षामा यो सेवा जीवनदायी सावित हुनेमा कुनै शंका छैन।

स्थानीयवासीहरू समेत अत्यन्त उत्साहित छन्। दुर्गम बस्तीका नागरिकहरूले अब हरेक स्वास्थ्य आपतमा राहत महसुस गर्नेछन्। जनताको मौलिक हकस्वरूप गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने ढकारी गाउँपालिकाको यो पहल अनुकरणीय र प्रशंसायोग्य छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय