काठमाडौँ । नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) को पदाधिकारी बैठकबाट कमल सिंह क्षेत्री (बुढा) केन्द्रीय सदस्यमा मनोनित भएका छन्। संगठनको अध्यक्ष कमरेड प्रविण पौडेलको अध्यक्षतामा जेठ २९ गते सम्पन्न बैठकले क्षेत्रीलाई संगठनको सुदूरपश्चिम प्रदेश कमिटी संयोजकको समेत जिम्मेवारी दिने निर्णय गरेको हो।
उक्त निर्णयअनुसार, संगठनले क्षेत्रीलाई संगठनप्रति भएको लामो योगदान, समर्पण र नेतृत्त्व क्षमताको मूल्याङ्कन गर्दै उच्च जिम्मेवारी दिएको हो। संगठनले उनलाई स्वागत गर्दै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
कमल सिंह क्षेत्री (बुढा) विगत लामो समयदेखि प्रवासी श्रमिक आन्दोलन तथा रिटर्नीहरूका हकहितको पक्षमा क्रियाशील रहँदै आएका व्यक्तित्व हुन्। उनमा संगठनात्मक अनुभव, जनसंपर्क क्षमता र वैचारिक स्पष्टता रहेको भन्दै संगठनभित्र आशा गरिएको छ कि उनको उपस्थितिले संगठनलाई सुदृढ र प्रभावशाली बनाउनेछ।
सुदूरपश्चिममा संगठन विस्तार, रिटर्नी श्रमिकहरूको सवाल उठाउने र संगठनलाई जनस्तरसम्म पुर्याउन क्षेत्रीको भूमिकाले विशेष योगदान पुर्याउने विश्वास दिएका छन् ।