काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खोल्न निर्देशन दिएका छन् ।
भोटेकोसी–२ का वडाध्यक्ष कुमार श्रेष्ठको ध्यानाकर्षणपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देशक विजय जैसीलाई फोनमार्फत तत्काल सडक खुलाउन निर्देशन दिएका हुन् ।
गत साउन १८ देखि सिन्धुपाल्चोकको कोदारी खण्ड (इको पहिरो) अवरुद्ध छ। भदौ ५ देखि ८ गतेसम्म मात्र एकतर्फी खुलेको यो सडक फेरि बन्द भएको हो ।
सडक अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर चीनतर्फ अलपत्र छन्, जसले उद्योग–व्यापारमा असर पारेको छ । मन्त्री घिसिङले दसैँ अगाडि सडक जसरी भए पनि खोल्नुपर्ने र दीर्घकालीन समाधानका लागि योजना अघि बढाउने बताएका छन् ।