काठमाडौं । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गर्दै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको बताए।