Artha Update
नेभिगेशन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सले १५२ रनको लक्ष्य पाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका ओपनर विनोद ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन प्रहार गरे । उनी १८ ओभेरको अन्तिम बल सामना गर्ने क्रममा विराटनगरका प्रतिस जीसीको बलमा साम हिजलेटमार्फत् क्याच आउट भएका हुन् । विनोदको ब्याटिङले नै सुदूरपश्चिमको इनिङ उकासिएको हो ।

सुदूरपश्चिबाट दोस्रो सर्वाधिक २० रन बनाउने शेल्डन ज्याक्सन र आरिफ शेख हुन् । डेब्यू खेलमा भरोस गरिएका ज्याक्सनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।

यस खेलबाट डेब्यू गरेका ओपनर मुख्तार अहमदको ब्याटिङ पनि चलेन । उनी १० बल सामना गरेर १० रन मात्रै जोडेर आउट भए ।

इशान पाण्डेले १३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीको ब्याटिङ पनि चलेन । उनी ३ बलमा ३ रन बनाएर रन आउट भए । हर्मितले १४ रन जोडे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय