काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ । शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल बुक पनि गरिसकेको नेताहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए । उनले भने, ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन ।