Artha Update
नेभिगेशन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दाको मिसिल फाइल झिकाउने आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो । यसअघि पूर्णीमाया लामाले अग्नी सापकोटाविरुद्ध दायर भएको मुद्दाको मिसिल फाइल अवलोकनका लागि झिकाउने आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्व पीडितहरूको रिट २०७९ फागुन २३ गते दर्ता भएको थियो ।

निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएको भन्दै नेकपाका संयोजक दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय