नयाँदिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता र एकता सन्देश सभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डको ध्यान अब राष्ट्रिय सभा निर्वाचनमा मोडिएको छ।
आगामी निर्वाचनका लागि कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच त्रिपक्षीय तालमेलको तयारी भइरहेको छ। स्रोतका अनुसार एमाले र कांग्रेसलाई ७/७ सिट तथा नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट दिने ‘अनौपचारिक मोडेल’मा छलफल भइरहेको छ।
तर, प्रचण्डले भने मधेश प्रदेशका साना दलहरूलाई पनि समेटेर मतभारका आधारमा ‘सम्मानजनक सिट’ बाँडफाँट हुनुपर्ने अडान राख्दै छलफललाई अघि बढाएका छन्।