अछाम। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अछाम जिल्लाका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ।
पार्टीको जिल्ला बैठकको निर्णयअनुसार अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट दिपकबहादुर साउद र निर्वाचन क्षेत्र नम्बर २ बाट पुष्पराज न्यौपानेलाई उम्मेदवारका रूपमा सिफारिस गरी सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढी, कैलालीमा पठाइएको हो।
रामारोशन गाउँपालिका–६ भाटाकाटियाका दिपकबहादुर साउद अछाम क्षेत्र नम्बर १ का लागि सिफारिस भएका छन् भने तुर्माखाँद गाउँपालिका–६ रानीवनका पुष्पराज न्यौपाने अछाम क्षेत्र नम्बर २ का लागि सिफारिस भएका हुन्।
जिल्ला पार्टी प्रमुख जीवन विक्रम साउद र जिल्ला इन्चार्ज गोविन्द साउदको हस्ताक्षरसहित २०८२ साल पुष २८ गते उम्मेदवार सिफारिस पत्र प्रदेश पार्टी कार्यालयमा पठाइएको जनाइएको छ।
पार्टीले संगठनलाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने उद्देश्यका साथ उम्मेदवार सिफारिस गरिएको जनाएको छ।