Artha Update
नेभिगेशन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुङ्गो लगाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयनको प्रक्रिया तीव्र बनाएको नेकपाले अधिकांश क्षेत्रमा उम्मेदवारको नाम सार्वजनिक गरिसकेको हो।

पार्टी स्रोतका अनुसार अछाम क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन् भने अछाम क्षेत्र नम्बर १ बाट भीम रावललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

यसैगरी कैलाली क्षेत्र नम्बर ३ बाट विरमान चौधरी र क्षेत्र नम्बर ४ बाट हरि चौधरी उम्मेदवार हुने टुङ्गो लागेको छ। तर कैलाली क्षेत्र नम्बर १, २ र ५ का विषयमा भने पार्टीभित्र छलफल जारी रहेको बताइएको छ।

कञ्चनपुर जिल्लामा क्षेत्र नम्बर १ बाट विना मगर, क्षेत्र नम्बर २ बाट लालबहादुर खड्का र क्षेत्र नम्बर ३ बाट मानबहादुर सुनार उम्मेदवार बन्ने भएका छन्।

त्यस्तै डडेल्धुरा बाट मानसिंह माल, दार्चुला बाट लक्ष्मणदत्त जोशी र बझाङ बाट मीनबहादुर कुवर प्रतिनिधिसभा सदस्यका लागि नेकपाका उम्मेदवार रहने भएका छन्।

नेकपाले चरणबद्ध रूपमा उम्मेदवार टुङ्गो लगाउँदै जाँदा सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा चुनावी माहोल तातिँदै गएको छ। उम्मेदवार घोषणा भएसँगै स्थानीय स्तरमा राजनीतिक गतिविधि बढ्न थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय