बारा । बारा निर्वाचन क्षेत्र नं–४ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा रहबर अंसारीमाथि आक्रमणको आरोप लागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अंसारी घरदैलो कार्यक्रममा सहभागी भइरहेका बेला सोही क्षेत्रमा जेन्जी अभियन्ता कृष्ण मोहन सहनी र केही स्थानीय बासिन्दाले विभिन्न विषयमा प्रश्न उठाएका थिए।

प्रत्यक्षदर्शीहरूको भनाइअनुसार प्रश्न-उत्तरको क्रममा विवाद चर्किएको र उम्मेदवार अंसारी आफू सवार गाडीबाट नउत्री आफ्ना संगठन प्रमुख तथा कार्यकर्तालाई अगाडि पठाएको आरोप लगाइएको छ। त्यसपछि सहनी र उनका समर्थकमाथि हातपात तथा आक्रमण भएको दाबी गरिएको छ।
घटनामा परी कम्तीमा दुई जना घाइते भएका छन्। उनीहरू हाल स्थानीय मेडिकल अस्पतालमा उपचाररत रहेको जानकारी प्राप्त भएको छ।