काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा तीन जना प्रदेश मन्त्रीसहित सात जना प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ।
बुधबार बसेको समितिको बैठकले लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
त्यसैगरी, लुम्बिनी प्रदेश सभाका सांसद(प्रदेश उपसभापति) राजु खनाल, मधेश प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायसँग पनि स्पष्टीकरण सोधिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनीहरूलाई पाँच दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।