काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले आज बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दैछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।