काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको १ लाख ५ हजार ८०७ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुकले ३५ दिनभित्र भक्तपुर, लोकन्थलीस्थित कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।