नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा नेपाली नेपालीलाई पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले बिक्री गर्न अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको थियो भने ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
यसरी बाँकी रहेको १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
यो शेयरमा सर्वसाधारणले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन फागुन २५ गतेसम्म दिन पाइनेछ ।
आवेदकले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।