अछाम । नेकपा (एमाले) अछामको नवौं जिल्ला अधिवेशनबाट शिव प्रसाद उपाध्याय जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनबाट तिलक कुँवर उपाध्यक्ष, हिरण्ड प्रसाद भट्टराई सचिव, टोप बहादुर शाही र गौमती कुमारी शाही उपसचिवमा निर्वाचित भएका छन्।
अधिवेशनले नयाँ जिल्ला कमिटी चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ। नयाँ नेतृत्व चयनसँगै एमाले अछामले संगठन सुदृढीकरण, नीति कार्यक्रम कार्यान्वयन र स्थानीयस्तरमा जनसंपर्क विस्तारमा केन्द्रित हुने जनाएको छ।
नव निर्वाचित पदाधिकारी तथा सम्पूर्ण जिल्ला कमिटी सदस्यहरूलाई विभिन्न तहबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।