काठमाडाैं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।
सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। आज काठमाडौंको माइतीघरमा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका लामिछानेको सरकारी वकिल कार्यालय काठमाडौंमा आइतबार पनि बयान भएको छ। उनीमाथि कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको अभियोग छ।
तस्बिरहरू