ललितपुर । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपाल ललितपुर जिल्ला कमिटीको अध्यक्षमा निरोज तोलाङे चयन भएका छन् ।
शुक्रवार ललितपुरमा सम्पन्न संगठनको जिल्ला भेलाले तोलाङेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं संगठनका इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा र संगठनका संस्थापक अध्यक्ष एवंम सहईन्चार्ज शम्भू श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भेलाले उक्त कमिटी चयन गरेको हो।
संगठनको उपाध्यक्षमा थोमस बोगटी, महिला उपाध्यक्षमा टीका रसाइलीलाई चयन गरिएको छ। त्यस्तै सचिवमा राजेश पन्त, सहसचिवमा निगम सुन्दास, समावेशी सहसचिव सलोमी दाहाल चयन भएको छ।
संगठनको कोषाध्यक्षमा सुनकुमारी थिङ र सदस्यहरूमा सरु वागदास, दिपेन्द्र थिङ, मुकेश जनाला, यमकुमार मुदेल चयन भएको छ।
नवनिर्वाचित अध्यक्ष तोलाङले ललितपुरमा समाजवादी प्रेस संगठन सकियो भन्ने भम्र आजबाट सकिएकोले ललितपुर जिल्लाको संगठनलाई एक मजबुत् र नमुना जिल्ला कमिटी बनाएर श्रमजीवी पत्रकारको हित र विकासको पक्षमा सदैव सामूहिक योजनासहित आवश्यक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।