काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले २ हजार ३०५ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्यादभित्र संस्थापक शेयरधनीबाट खरीद आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।