अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारबाट लागु हुने गरी मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा कार्यन्वयनमा ल्याएका छन्।
सोमबार पत्रकारसँग कुरा गर्दै उनले मंगलबारबाट घोषित कर कार्यन्वयनमा आउने बताएका थिए। त्यस्तै उनले फेब्रुअरीमा चीनमा लगाएको १० प्रतिशत कर बढाएर २० प्रतिशत बनाएका छन्।
सामाजिक सञ्जालमा पछ्याउनुहोस्
ट्रम्पको घोषणापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि जवाफि कर लगाउने बताए। उनले पनि २१ दिनमा अमेरिकाबाट आउने १ सय ५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत करको घोषणा गरेका हुन्।
करको घोषणापछि अमेरिकी सेयरबजारमा हलचल मच्चिएको छ। अमेरिकी सेयर बजारमा २ प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। ट्रम्पले क्यानडाबाट आउने तेल र बिजुलीमा भने छुट दिएका छन्। उनले यी सामानमा १० प्रतिशत मात्र कर लगाएका छन्।
ट्रम्पले फेब्रुअरीमा क्यानडाबाट आउने तेलमा छुट दिन सकिने बताएका थिए। एनर्जी इन्फर्मेशन एडमिनिस्ट्रेशनका अनुसार गत वर्षको अक्टोबरमा अमेरिकाले क्यानडाबाट हर दिन लगभग ४६ लाख ब्यारेल आयल तथा मेक्सिकोबाट ५.६३ ब्यारेल आयल इम्पोर्ट गर्ने गरेको थियो। जबकि उक्त समयमा अमेरिकाको एभरेज डेली प्रोडक्शन लगभग १.३५ करोड ब्यारेल प्रतिदिन रहेको थियो।
डोनाल्ड ट्रम्पले गत महिना ‘रेसिप्रोकल’ अर्थात जस्ताको तस्तै ट्यारिफ लगाउने घोषणा गरका थिए। ट्रम्पले अप्रिलबाट यो निर्णयलाई कार्यन्वयनमा ल्याउने बताउँदै आएका छन्।
यसअघि डोनाल्ड ट्रम्पले १ फेब्रुअरीमा क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरका थिए। यो निर्णय ४ फेब्रअरीबाट कार्यान्वयन हुने बताइएको थियो। तर क्यानडा र अमेरिकी अधिकारीहरुबिच छलफल हुँदा ३० दिनपछि धकेलिएको थियो।
चीनले अमेरिकाविरुद्ध १५ प्रतिशत कर लगायो
अमेरिकाले लगाएको करकोविरुद्धमा चीनले पनि आफ्नो देशमा आयात हुने अमेरिकी सामानमा १५ प्रतिशत कर लगाउने घोषणा गर्यो। जसमा सोया, गहुँ, मक्कै तथा कपास जस्ता सामानहरू रहेका छन्। यो ट्याक्स १० मार्चदेखि लागु हुने जनाइएको छ।