काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि अनेरास्ववियु र अनेरास्ववियू (संयुक्त अखिल गठबन्धन) बाट प्रत्यक्ष सदस्य पदमा सिफारिस भएका दीप जङ विकले उम्मेदवारी नदिने घोषणा गरेका छन्।
उम्मेदवार बनाउन पहल गर्ने नेताहरूलाई धन्यवाद व्यक्त गर्दै विकले आफू नियमित संगठन जिम्मेवारीमा क्रियाशील रहने प्रतिबद्धता जनाएका हुन्।
“म सदस्य पदमा उम्मेदवार नरहेको जानकारी सम्पूर्ण विद्यार्थी साथीहरूलाई गराउन चाहन्छु,” विकले भने, “तर, म पूर्ण रूपमा गठबन्धन जिताउन लाग्नेछु।”
उनले अनेरास्ववियु र अनेरास्ववियू गठबन्धनका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन विद्यार्थीहरूलाई अपिल गरेका छन्।