काठमाडौं। काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले तीन महिनाको तलब पाएका छन्। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, कुचीकारदेखि मेयरसम्मका ५,००० भन्दा बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको छ।
लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीहरूले तलब प्राप्त गर्न सकेका थिएनन्। तर, चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।