काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार भने छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भएको छ ।