काठमाडौं । सार्वजनिक लेखा समितिको निर्देशनका कारण नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १२ कम्पनी आईपीओ रोकिएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कारणले यी कम्पनीको आईपीओ रोकिएको हो ।
रोकिएका आईपीओमध्ये हाइड्रोपावरतर्फ ७ वटा र होटल तथा पर्यटन क्षेत्रसम्वद्ध ५ वटा कम्पनी रहेका छन् ।
।
हाइड्रो पावरतर्फ रिचर्ड जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, टक्सार पिखुवा खोला हाइड्रोपावर, लाफिङ बुद्ध पावर लिमिटेड, सानिगढ हाइड्रोपावर, युनिक हाइडल कम्पनी, पूवा खोला–एक हाइड्रोपावर रहेका छन् ।
त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका कम्पनीमध्ये आईपीओ रोकिएका कम्पनीमा एपेम्स हस्पिटालिटी, अर्किट होल्डिङ्स, अन्नपूर्णा केबुलकार, अकामा होटल र ठमेल प्लाजा होटल एण्ड स्वीट रहेका छन् ।
अहिले सेबोनमा ८९ वटा आईपीओ पाइपलाइनमा छन् । २३ महिनाअघिदेखि पाइपलाइनमा रहेका कम्पनीहरु विभिन्न कारणले आईपीओ रोकिँदै आएका छन् ।