काठमाडौ। प्रधानमन्त्री केपी ओलीको विशेष कृपाले मुख्य सचिव बनेका एकनारायण अर्याल ओली सरकारकै विरुद्ध लागेका छन । अन्य सचिव बोकेर सिहदरवारभित्रै राजनीति गर्दै अर्यालले सरकारविरुद्ध अभियान चलाएका छन ।
निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिडियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव अर्याल र अन्य सचिवहरुले राष्ट्रिय सभाका अध्यक्षकोमा पुगे । सभामुख देवराज घिमिरे लाई पनि भेटेर उनीहरुले तमासा देखाइरहेका छन ।अझ सन्चारमाध्यमको अगाडि मुख छोपेर उनीहरुले लाज छोपेका छन् ।
मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटेका छन । उनीहरुले राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको व्यवस्थाप्रति आफूहरुको चासो रहेको र त्यो व्यवस्था हटाउनुपर्ने माग गरेका हुन् ।
उनीहरुले अरु क्षेत्रका मानिसहरुलाई त्यस्तो बन्देजात्मक व्यवस्था नभएको अवस्थामा निजामती कर्मचारीहरुलाई मात्रै कुलिङ पिरियडको व्यवस्था राख्न नहुने तर्क गरेका हुन् । त्यसोत सिहदरवार भित्र जुलुस गर्न नहुने नियम तोड्दै जुलुस लिएर भिभिआइपीको कार्यकक्षमा पुगेका छन ।