काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् ।
यस्तै उनले लगानी बोर्डको क्षमता वृद्धि गरिने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गरे । यस्तै उनले विदेशमा गरिने लगानीको व्यवस्था लगानी बोर्डमार्फत हुने बताए ।