काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् ।
सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको जनाएको छ ।
७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।