काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ। बोर्डले हालै सार्वजनिक गरेको जानकारीअनुसार विभिन्न कम्पनीहरूले प्राथमिक सेयर निष्कासन गर्न बोर्डको स्वीकृति प्राप्त गरेका छन्।
बोर्डले आर्थिक वर्ष २०८१/८२ को चार महिनामा सात अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन अनुमति दिएको हुन् । बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल ७ अर्ब ८९ करोडको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।
समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपिओ गरी कुल सात अर्ब ५८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
२०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा दुई हजार ७४८.७९ कायम भएको छ । चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रहेको थियो ।
गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ ।