🖊 अमन अधिकारी
“विश्व भरी फैलिएका हामी जनजाती,हामी आदिवासी ।। जोगाई राखौ भेषभुषा,भाषा, संस्कृति।।” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ,नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजनामा प्रथम कृषि पर्यटन प्रवर्द्धन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव (एस्पो २०८१) कोहलपुरमा दर्शकहरुको उल्लेखनीय सहभागिता भएको छ ।
मेलाको आज तेस्रो दिन विहिबारसम्म स्थानीय तथा राष्ट्रिय कलकारको बेजोड प्रस्तुतिले दर्शकलाई कोहलपुर मेलामा दर्शकलाई तानिरहेको पाइएको छ । आज बिहिबार राष्ट्रिय कलाकार तथा लोकदोहोरी गायिका शान्तरानी परियारको ढले ढले भन्ने बोलको गीतले झनै मेलाको एउटा छुट्टै रौनक थपेको थियो । त्यस्तै, आज शान्त रानी परियार सिवाय दिनकमल खत्री, गिरिस क्षेत्री,खेम भगोरिया,कमल विसी माल्दाइ लगायतको प्रस्तुतिले दर्शकको मन खिचिरहेको थियो ।
पश्चिमी भेगको सेन्टरमा रहेको कोहलपुर मेलामा अन्य स्थानको भन्दा बढी दर्शकको भीडभाड देख्न सकिन्छ। आदिवासी जनजाति जोगाई राखौ भेषभुषा,भाषा र संस्कृति भन्ने हेतुले सञ्चालन गरिएको महोत्सवमा करिब २ सय ५० व्यापारिक तथा २० वटा होटल स्टल रहेका छन् । महोत्सवमा बालउद्यान,झुला पिङ लगायत विभिन्न किसिमका खेल तथा मनोरञ्जनात्मक साधनहरू समेत राखिएको छ।
त्यस्तै भोलि शुक्रबार महोत्सवमा नेपालकै चर्चित लोकदोहोरी गायिका पूर्णकला विसिको बेजोड प्रस्तुति रहने आयोजक टिमले जनाएको छ।साथै मेलामा सोनु कुस्मी, चर्चित गायक विष्णु सिजाली मगर, हास्यकलाकार शिव शंकर रिजाल(जोगेन्द्र) तथा अर्का हास्यकलाकार सुरेन्द्र के.सी.(मुलाको साग)को कडक प्रस्तुति रहने जानकारी गराएको छ ।