काठमाडाैं। अछामको ढकारी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षीया पाटु देवी बुढा बुधबार बिहान घास काट्ने क्रममा भिरबाट खसेर गम्भीर घाइते भएकी छन्। बिहान करिब १० बजे भएको यस घटनापछि उनलाई तत्कालै बयलपाटा अस्पताल पुर्याइएको थियो।
उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धनगढीको निसर्ग अस्पताल हुँदै नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ। पाटु देवीको जीवन रक्षाका लागि थप आर्थिक सहयोगको आवश्यकता परेको छ। देश तथा विदेशमा रहेका सबैलाई सक्दो आर्थिक सहयोग गर्न अपिल गरेका छन्।
उनका छोरा निरप बुढाले देश तथा विदेशमा रहेका व्यक्तिहरूलाई सहयोगका लागि अनुरोध गर्दै सिटिजन बैंकको खाता नं. 0790100000463041 (Nirpa Budha) मा रकम जम्मा गरिदिन आग्रह गरेका छन्। थप जानकारी वा सहयोगका लागि निरप बुढालाई 9868961128 मा सम्पर्क गर्न सकिनेछ।
तपाईंको सानो सहयोगले पाटु देवी बुढाको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।