अछाम। अछामको ढकारी गाउँपालिका–१ छिन्ने वडार जंगलमा शनिबार दुई जना किशोरी मृत अवस्थामा फेला परेकी छन्। ढकारी गाउँपालिका–८ पल्साँता घर भएकि १४ वर्षीय सरस्वती खड्का र १५ वर्षीय ईश्वरी खड्काको शव जंगलमा भेटिएको हो।
शुक्रबार बिहान बाख्रा चराउन जंगल गएका थिए। तर, साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयहरूले खोजी सुरु गरेका थिए। खोजीको क्रममा शनिबार जंगलमा उनीहरूको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।