काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज माघ २८ गते साँझसम्म ६.२० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ जारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ।
कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबर अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो। सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म ४९ हजार ९४९ आवेदकबाट १३ लाख ९५ हजार ७१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६.२० गुणा बढी आवेदन हो ।
अब यो आईपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। लगानीकर्ताले यो आईपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयर खरिद आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।