काठमाडौं। शुक्रबारबाट भृकुटीमण्डपमा सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो आयोजना हुने भएको छ । फाल्गुन २, ३ र ४ गते सम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित तथा विदेशमा उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल रहने छ ।
कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा. लि.,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा लि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. ले संयुक्त रुपमा “सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो” गर्न लागेको हो ।
यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्धकको मुख्य भुमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समुह महासंघ नेपाल रहेका छन् ।