ढकारी। ढकारी गाउँपालिकाले पदपिच्छे प्रयोगात्मक तथा मौखिक परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेकाे छ। अछाम जिल्लाको ढकारी गाउँपालिकाले मिति २०८१/१०/०२ गते प्रकाशित विज्ञापन अनुसार इलेक्ट्रिसियन पदको लागि प्रयोगात्मक तथा मौखिक परीक्षा सञ्चालन गर्न लागेको हाे ।
ढकारी गाउँपालिकाको कार्यालयले आज सूचना प्रकाशित गरेको छ। प्रयोगात्मक र मौखिक परीक्षा देहायको मिति, समय र स्थानमा सञ्चालन हुने जनाइएको छ।