काठमाडौं । नेप्सेमा गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको गरिमा समृद्धि योजनाको इकाई सूचीकरण भएको छ। फागुन १ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच १० रुपैयाँको प्रतिइकाई मूल्यमा कुल १२,५०,००,००० इकाई सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।
कम्पनीले सर्वसाधारणमा एनआईएमबि एस क्यापिटल लिमिटेड मार्फत १२,५०,००,००० इकाई धितोपत्र खुल्ला बिक्री गरेको थियो। माघ २८ गतेको निर्णयअनुसार उक्त धितोपत्रको सूचीकरण गरिएको छ।
अब, आइतबारदेखि गरिमा समृद्धि योजनाका इकाईहरूको दोस्रो बजार कारोबार शुरु हुनेछ।