काठमाडौं। सरकारले बजारबाट नौ वर्षको लागि १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउन लागेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै फागुन ८ गते यस्तो ‘विकास ऋणपत्र २०९०’ बिक्री खुला हुने उल्लेख गरेको छ।
यो ऋणपत्रको ब्याजदर बोलकबोल विधिबाट तय हुनेछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइट डिओएमएस डट जिओभी डट एनपीबाट आवेदन दिन सकिन्छ।
यसमा बैंक तथा वित्तीय संस्था लगातका विभिन्न संस्था सहित नेपाली नागरिकले पनि आवेदन दिन सक्नेछन्। साथै बैंक तथा वित्तीय संस्थाहरूले ८५ प्रतिशत बराबर ऋणपत्रमा र १५ प्रतिशत ऋणपत्रमा सर्वसाधारण नेपालीले आवेदन दिन सक्नेछन्।