काठमाडौं। आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको छ ।
आज ३१० कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ । आज ९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनकिो ८० करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ९४ लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डिन मायक्रो लाइफका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रोका लगानकिर्ताले ९.४७ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।