बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार कारागार चलान गरिएको छ ।
गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले दिएको आदेशपछि उनलाई सोही दिन पक्राउ गरिएको थियो । पक्राउपछिको शनिबार र आइतबार उनले भैरहवाको हिरासतमा बिताएका थिए । त्यसपछि सोमबार उनलाई औपचारिक रूपमा जिल्ला कारागार कार्यालय, भैरहवा पठाइएको हो ।
कारागार चलान हुँदै गर्दा सञ्चारकर्मीले उनलाई अदालतको आदेशबारे प्रतिक्रिया सोध्दा लामिछानेले छोटो तर स्पष्ट जवाफ दिएका थिए, “केही भन्नु छैन, सम्मान छ।“
जिल्ला कारागार कार्यालय भैरहवाका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । भण्डारीका अनुसार भैरहवा कारागार करिब ९० वर्ष पुरानो हो ।