काठमाडौं । सेवानिवृत्त गभर्नर महाप्रसाद अधिकारीको सम्पति विवरण सार्वजनिक भएको छ । ५ वर्षको कार्यकालमा उनकाे सम्पत्ति २३ लाख ४४ हजार ४१० रुपैयाँले वृद्धि भएको छ। यो वृद्धि अफ्नो डलर खाताबाहेकको हो।
२०७६ चैतमा ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ रहेको अधिकारीको सम्पति २०८१ चैत २२ गतेसम्ममा बढेर २ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको हो । यसका अतिरिक्त अधिकारीको डलर खातामा गत चैत २२ गतेसम्ममा २८ हजार ६०८ अमेरिकी डलर रहेको छ ।
२०७६ चैतमा भने अधिकारीको डलर खातामा २ हजार ३०२ अमेरिकी डलर मात्र रहेको थियो । यसअवधिमा अधिकारीको म्युचुअल फन्डलगायत सुरक्षण पत्रमा रहेको लगानीमा पनि उल्लेख्य वृद्धि भएको छ । २०७६ चैतमा म्युचुअल फन्डलगायतमा १ करोड ५७ लाख ९० रुपैयाँ रहेको थियो ।
उक्त रकम बढेर अहिले १ करोड ८९ लाख ४९ हजार ९७३ रुपैयाँ पुगेको छ । अधिकारीको बैंक मौज्दात तथा सञ्चय कोषमा रहेको रकम पनि १३ लाख ८८ हजार ३६२ रुपैयाँबाट बढेर २८ लाख ४४ हजार २१२ रुपैयाँ पुगेको छ । अधिकारीसँग २२ सय वर्गफिटमा घर रहेको छ भने १० कित्ता जग्गा रहेको छ ।