लगनखेल । नयाँ वर्ष २०८२ को अवसर पारेर इन्फोवेज कम्प्युटर सिस्टम, लगनखेलले ल्याएको “फ्री ल्यापटप सर्भिसिङ्ग अफर” विद्यार्थी र युवा वर्गबीच लोकप्रिय बन्दै गएको छ। कम्पनीका अनुसार, अफर २०८१ सालको चैत्र १५ गतेदेखि सुरु भई २०८२ सालको बैशाख १५ गतेसम्म लागू हुनेछ।
कम्पनीले नियमित ग्राहक सेवा विस्तार गर्दै नयाँ प्रयोगकर्तासम्म पहुँच पुर्याउने उद्देश्यले यो योजना ल्याएको हो। अफर अन्तर्गत ल्यापटपको सफ्टवेयर जाँच, हार्डवेयर क्लिनिङ्ग, सिस्टम हेल्थ चेक लगायतका सेवाहरू निःशुल्क प्रदान गरिनेछ। साथै, ल्यापटप ढिलो खुल्ने, प्रणालीमा समस्या देखिने वा सामान्य मर्मत आवश्यक पर्ने अवस्थाहरूमा समेत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
अफर अवधिभर पार्ट्स फेर्नुपर्ने अवस्था आएमा ती भागहरू सुपथ मूल्यमा उपलब्ध गराइनेछ भने जडान सेवा निःशुल्क हुनेछ।
इन्फोवेजले यो अफरलाई थप आकर्षक बनाउँदै एस.ई.ई. परीक्षार्थीहरूलाई लक्षित गरी “फ्री ल्यापटप सर्भिसिङ्ग कुपन” वितरण गरेको छ। हालै एस.ई.ई. दिएका विद्यार्थीहरूलाई विद्यालय परिसर तथा सार्वजनिक स्थानहरूमा कुपन वितरण गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका सञ्चालकले भने, “हामीले यो योजना विशेष गरी विद्यार्थी र युवा वर्गलाई लक्षित गरेर ल्याएका हौं। अहिलेको युगमा ल्यापटप सबैका लागि आवश्यक भएको छ। नियमित सर्भिसिङ्ग नहुँदा समस्या आउन सक्छ भन्ने सन्देश पनि दिन चाहन्छौं।”
कम्पनीको अपेक्षा अनुसार यो अफरबाट विद्यार्थी, अफिस कर्मचारी, फ्रीलान्सर लगायत सबै प्रकारका ल्यापटप प्रयोगकर्ताहरू लाभान्वित हुनेछन्। सेवा लिन इच्छुक ग्राहकले अफर अवधिभर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म, इन्फोवेज कम्प्युटर सिस्टमको लगनखेल शाखामा ल्यापटप लिएर जानुपर्ने छ।
कम्पनीले यो अफरमार्फत प्रविधिमा सर्वसाधारणको पहुँच अझ सुलभ र गुणस्तरीय बनाउने लक्ष्य लिएको जनाएको छ। इन्फोवेजले अफरको भरपूर लाभ उठाउन सबैलाई आग्रहसमेत गरेको छ।