काठमाडौं । सेयर बजार आज पनि उकालो लागेरको छ। नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को विन्दुमा बन्द भएको हो।
आज ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १५९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । यो दिन ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.१२ प्रतिशतका दरले गुमाएका हुन् ।