काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । उनले मंगलबार ह्वाट्सएपमार्फत आफ्नो राजीनामा पठाएका छन् । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले एक पटक पनि समितिको बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएकाे डा. भट्टराईले बताए ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारी गत चैत २४ गते देखि नै अवकाशमा गएका थिए । राष्ट्र बैंक ऐनअनुसार अधिकारी अवकाशमा जानुअघि एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भएपनि दलीय सहमति नभएपछि राष्ट्र बैंक अहिले कायममुकायम गभर्नरको भरमा चलिरहेको छ ।