काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको मागमा आन्दोलनरत शिक्षकहरूलाई आफ्नो धैर्य नछाड्न आग्रह गरेका छन् । माओवादी केन्द्रको ७७औं स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अपिल गरेका हुन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक-पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने शिक्षकहरूले पटकपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् । यसै सन्दर्भमा प्रचण्डले सरकारको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै भने, ‘पटकपटक आन्दोलन गर्नुभएको छ, सम्झौता गर्नुभएको छ र पटकपटक धोका पनि भएको छ। अबको आन्दोलन धैर्यपूर्वक र दृढताका साथ अगाडि बढाउन जरूरी छ।’
उनले एमालेकै नेतृ विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरका गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको पनि बताए ।