काठमाडाैं । तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्य बिरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदैछ । पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएकाे छ ।
वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।