काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। अक्षय तृतीयाको दिन सुन चाँदी खरिद गर्ने प्रचलन छ।
यस दिन चाँदीको मूल्यको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भएको थियो ।