काठमाडाैं । सरकारले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूलाई जोड्न श्रमसंशार डट जीओभी डट एनपी (shramsansar.gov.np) सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक स्टाटस लेख्दै यसबारे जानकारी दिएका हुन् । उनले यसलाई सवारीसाधनो सेवा लिने र दिनेले राइड शेयरिङ एपजस्तै रोजगार दिने र लिनेलाई जोड्ने बताएका छन् ।
‘सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्ने गरी shramsansar.gov.np पोर्टलको आरम्भ गरेको छ । रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने छ । एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई यसले समाधान गर्नेछ,’ ओलीले भनेका छन् ।