काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १२ करोड ६५ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (वैशाख १९ गते) साँझ ५ः०५ बजेसम्म ५८ हजार २५ जनाले १२ लाख ६५ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.३४ गुणा बढी आवेदन हो ।
यस्तै, कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि बिक्री खुला गरेको आईपीओमा २३ करोड ६१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (वैशाख १९ गते) साँझ ५ः०५ बजेसम्म ३ हजार ८६३ जनाले २३ लाख ६१ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.६८ गुणा बढी आवेदन हो ।
सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आजसम्म आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो ।
अर्थात, स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । यस्तै, कम्पनीले वैशाख ५ गतेदेखि नै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि २ लाख ९१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।